logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आइसियुमा सारियो


अंकुरण खबर
650
Shares

कोरोना भाइरस संक्रमित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा भर्ना गरिएको छ ।

वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा चार दिनसम्म केहि सुधार नदेखिएपछि गए रातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जानकारी गराएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनको क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा भएको थियो ।