चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् ।
भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ । इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएका छन् ।