logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुर बारका निवर्तमान अध्यक्ष विष्टको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
624
Shares

कोरोना भाइरसको संक्रमणबाट ललितपुर बार एसोसिएसनका निवर्तमान एवम् अधिवक्ता दीपकबहादुर विष्टको मृत्यु भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–९, छम्पी घर भएका विष्टलाई शुरुमा रुघाखोकीको लक्षण देखिएको थियो । रुघाखोकीसँगै निमोनिया भएपछि विष्टलाई उपचारका लागि असोज १३ गते ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति ८ बजेतिर विष्टको मृत्यु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।