logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबारदेखि गोदावरी नगरपालिका एक हप्ता बन्द हुने


अंकुरण खबर
650
Shares

गोदावरी नगरपालिका भोली (आइतबार) देखि एक साता बन्द हुने भएको छ ।

कोरोना संक्रमण उच्च दरले बढ्दै गएपछि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए।

नगरपालिकाको सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।

यसैबीच गोदावरीमा आजसम्म कोरोना सङ्क्रमितका कूल सङ्ख्या दुई ८२, डिस्चार्ज भएका एक सय ४६, होम आइसोलेशनमा रहेका एक सय २१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ ।

असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका थिए ।