logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आइसोलेसनमा चितवनका कोरोना संक्रमित एक वृद्धको मृत्यु


अंकुरण खबर
1.066K
Shares

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका चितवनका एक वृद्धको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-२० माइली चोकका ६७ वर्षीय एक पुरुषको शुक्रबार राति ९ बजे होमआइसोलेसनमै मृत्यु भएको हो ।

क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षण गरिएको थियो । दुई दिनपछि आएको रिपोर्टले उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै चितवनमा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भइसकेको छ ।