काठमाडौंमा २१०० सहित उपत्यकामा थप २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो केही सातायता काठमाडौंलगायत देशभरमा कोरोनाको संक्रमण दर उच्च छ ।