logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

२८औं दिनमा डा. गोविन्द केसीले तोडे अनसन


अंकुरण खबर
2.106K
Shares

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् ।

शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा केसीले १९औं अनशन तोडेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

उनले अनशन तोडनुअघि प्रधामन्त्री केपी शर्मा ओली, सरकारी वार्ता टोली, शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए । अनशन तोड्नुअघि डा. केसीका सहयोगी प्रितम सुवेदीले सरकारसँग भएको ८ बुँदे सहमति पत्र पढेर सुनाएका थिए ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो ।