logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
1.222K
Shares

आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज  तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि ४० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।