logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोरबिजोर उल्लंघन गर्ने ९५७ सवारी साधन प्रहरी नियन्त्रणमा


अंकुरण खबर
780
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरविजोर प्रणाली लागू गरिएको छ ।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो ।

आज बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।