logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु


अंकुरण खबर
780
Shares

कोरोना संक्रमण पुष्टि भएका धुलिखेल–११ डाँडागाउँका एक जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको वडाअध्यक्ष विष्णु धितालले जानकारी दिए ।

५ दिनदेखि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । धितालका अनुसार उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।

स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृत्यु भइसकेका छन् ।