नेपाल चिकित्सक संघले आइतबार गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।
संघले अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो । सरकारसँग सहमति पछि केसीले आज अनशन तोडेका छन् ।
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले आजदेखि आन्दोलन गर्ने निर्णय गरेको थियो ।
तर मध्यराति सरकारसँग सहमति भएपछि स्थगित गरिएको संघका महासचिव डा. बद्री रिजालले बताए । डा. केसीले आज २८ दिन पछि १९ औं अनशन तोडेका छन् ।