सुर्खेतमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-१०, की ६५ वर्षीया महिलाको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको हो ।
असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको पछिल्लो समय उनलाई कोभिड निमोनियासमेत भएको प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ पुगेको छ ।