कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर गरेर संसदीय दलमा प्रस्ताव दर्ता गराएका हुन् ।
नेकपाका १८ जना सांसदहरुले आज संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रदेशसभा सचिवालय पुगेर उक्त प्रस्ताव बुझाएका हुन् ।

