बर्दिया, तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मधुवन नगरपालिकाको कार्यालय एक साताका लागि सिल गरिएको छ ।
नगरपालिकाको क्वारेन्टाइन लगायत विभिन्न ठाउँमा शनिबार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार साहले तीन कर्मचारीमा कोरोना संक्रमित पुष्टि भएपछि एक साताका लागि कार्यालय सिल गरिएको बताए ।
बजार, वित्तीय संस्था, यातायात लगायत अत्यावश्यक खुल्ला रहने बताउँदै कात्तिक २ गतेदेखि कार्यालय सञ्चालनमा आउने उनले बताएका छन् ।
जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ८ सय ३ पुगेको छ भने कोरोना संक्रमणबाट ६ सय जना निको भएर घर फर्केका छन् ।
हालसम्म जिल्लमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।