प्रहरीलाई घूस दिन खोजेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका २७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ ड्युउटीमा खटिएको प्रहरीलाई नगद दुई सय रुपैयाँ दिएर आर्थिक प्रलोभन पार्न खोजेको आरोपमा बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बारा कलैया नगरपालिका २० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिजकिशोर साह छन् ।
साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घूस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।