logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साताको पहिलो दिन १३ अंकले घट्यो नेप्से


अंकुरण खबर
1.287K
Shares

आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३ अंकले घटेको छ ।

आज ११ बजे १५८९.६४ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १३.३७ अंकले घटेर १५७६.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

३ बजेसम्म आइपुग्दा नेप्से परिसुचक ०.८४ प्रतिशतले घटेको छ । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये फाइनान्स हरियोमा नै कायम रहेको छ ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर ३७ हजार ५१५ पटक खरिद विक्री हुदाँ २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।