यो वर्षको मनसुन केही दिनमै अन्त हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागमा अझै केहि मात्रामा मनसुनको झिनो सक्रियता रहेको छ ।
‘मनसुन निष्कृय हुँदै अन्ततिर आयो,’ मौसमविद् विभुती पोखरेलले भनिन्, ‘पूर्व भेगमा अझै मनसुन प्रणाली केही बाँकी देखिन्छ ।’ मौसम अन्ततिर आइपुग्दा देशमा सामान्यतया मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी मध्य भागमा न्युन चापीय क्षेत्र रहेको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिमउत्तर पश्चिम निशातर्फ सर्दै जाने देखिन्छ ।