पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज १ हजार ५५२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।