logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १,४१६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
858
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४१६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १,४१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा १ हजार १४५ जना, ललितपुरमा १६१ जना र भक्तपुरमा ११० जनामा कोरोना  संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौंलगायत देशभरमा कोरोनाको संक्रमण दर उच्च छ ।