नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँमा नयाँ नोट वितरण नगर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।
नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गइरहेकाले लाइन लगाएर नयाँ नोट वितरण गर्न नसकिने राष्ट्र बैंकले जनाएको छ ।
विगतका वर्षहरुमा राष्ट्र बैंकले सेवाग्राहीलाई दशैँको अवसरमा लाइन लगाएर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्दै आएको थियो ।