logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि दाङ प्रशासन बन्द


अंकुरण खबर
767
Shares

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ ।

कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि बन्द गरिएको हो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतबार एक विज्ञप्तीमार्फत यस्तो जानकारी दिएका छन् ।

कार्यालयका एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा सेवा बन्द गर्नु परेको जानकारी दिइएको छ ।