logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा जुवा खेलिरहेका ५ जना पक्राउ


अंकुरण खबर
780
Shares

प्रहरीले चितवनको एक कटेजमा जुवातास खेलिरहेका ५ जनालाईसवा दुई लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

कालिका नगरपालिका-४ स्थित ग्रीन टप कटेजमा हजारौं रुपैयाँको बाजी राखेर जुवातास खेल्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले २ लाख २९ हजार ७८० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-४ बस्ने ३७ वर्षीय बलबहादुर नेपाली, सोही स्थानका ३५ वर्षीय हरीराम लामा, वडा नम्बर ५ का ४० वर्षीय कुमार चौधरी, नवलपुरको गैंडाकोट–२ बस्ने ३८ वर्षीय हरी जिसी र सोही ठाउँका ३८ वर्षीय नवराज परियार छन् ।

उनीहरुलाई जुवा कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।