logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा कोरोनाबाट महिलाको मृत्यु


अंकुरण खबर
728
Shares

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।