logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


अंकुरण खबर
663
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघि वार्ता सुरु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बैठकमा पार्टी एकतालगायतका विषयमा छलफल हुने जानकारी दिए ।

त्यस्तै आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासका प्रस्तावका विषयमा छलफल हुनेछ ।