logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा एक हजार एकजनामा कोरोना सङ्क्रमण


अंकुरण खबर
1.04K
Shares

काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ  ।

कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर छ ।  हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ ।

महिलाभन्दा तेब्बर संख्याको हाराहारीमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ ।

आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ  । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ ।

सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ । रासस