देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दै गएकाले त्यसको प्रभाव कायम रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।
यस्तै भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।