बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका-२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनी तीन दिन अगाडि अस्पतालमा भर्ना भएको बिपी प्रतिष्ठानले जनाएको छ । उनी उच्च रक्तचापका बिरामी समेत रहेका थिए ।