logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितले लोक सेवा परीक्षा दिन नपाउने


अंकुरण खबर
1.417K
Shares

कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगले लिने परीक्षा दिन नपाउने भएको छ ।

आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । आयोगबाट सञ्चालन हुने प्रयोगात्मकरसीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ । उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ ।

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएका परीक्षा सञ्चालन गर्न आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ । सोही आधारमा आयोगले परीक्षाको तयारी थालेको हो । गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा अब शुरू हुँदैछ ।

१०० जना परीक्षार्थीको लागि एक परीक्षा केन्द्र कायम गरिनेछ । एउटा परीक्षा हलरकोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिनेछ । एउटा भवनमा एकभन्दा बढी परीक्षा केन्द्र राखिने छैन ।

तर, पर्याप्त स्थानरभवन भएको अवस्थामा सोही स्थानमा एकभन्दा बढी केन्द्र पनि राख्न सकिनेछ । आयोजका अनुसार एक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रति २० जना परीक्षार्थीमा एक सहायक केन्द्राध्यक्ष, एकजना समन्वयकर्ता, प्रति १५ परीक्षार्थी बराबर एकजना निरीक्षक तथा तीनजना सहयोगी जनशक्ति खटाइने छ ।