logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रु सबै सुरक्षित


अंकुरण खबर
2.262K
Shares

पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्लेमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ ।

हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा सोमबार बिहान ३ बजेतिर एक्कासि आगो लागेको  हो ।

बसमा १७ जना यात्रु रहेका थिए । आगलागीबाट बसमा पूर्ण रुपमा क्षति पुगे पनि सबै यात्रु सुरक्षित रहेको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ ।

धुनीवेसी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टा लगाएर आगो निभाइएको थियो ।