logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म भाइरस जीवित रहने


अंकुरण खबर
1.235K
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ ।

अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले हालै गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो ।

अँध्यारो कोठाको प्रयोगशालामा गरिएको अनुसन्धानले अन्धकारमा भन्दा प्रकाशमा कोरोनाको भाइरस चाँडो मर्न सक्ने पनि देखाएको छ।

साथै हावामा तैरिएका संक्रमित व्यक्तिका छिटाबाट पनि भाइरस संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । यसैगरी संक्रमित व्यक्तिले छोएको प्लास्टिक तथा फलामका वस्तु अर्को व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा सिसामा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो । हालैको अध्ययनले सो तथ्य गलत सावित गरेको छ ।

नयाँ अनुसन्धानले कोरोना भाइरसबाट जोगिन थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ ।