नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावला सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।