logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

धरानमा थपिए ८६ जना कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

सनुसरीको धरानमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र धरान उपमहानगरपालिकामार्फत स्वाब संकलन गरिएकामध्ये ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ जना पुनः परीक्षण गरिएकाहरू हुन् ।

धरान उपमहानगरमार्फत ३५ जनाको स्वाब संकलन गरेर जाँच गर्दा १३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । अन्य भने बीपी प्रतिष्ठानमा स्वाब परीक्षण गरेकाहरू हुन् ।

१३ मध्ये ९ जना नयाँ संक्रमित हुन् भने ४ जना पूराना संक्रमित हुन् । पहिलो लटमा गरिएकाहरूको रिपोर्ट आएको हो । एन्फा एकेडेमीमा गरिएको रिपोर्ट भने हालसम्म आएको छैन ।

रिपोर्ट आएकामध्ये फेरि परीक्षण गरिएकामध्ये ४ जना अनुसन्धान कार्यालयका कर्मचारी रहेको मेहताले बताए ।