logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले बोलायो मगंलबार संसदीय दलको बैठक


अंकुरण खबर
871
Shares

मुख्य मन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णायक छलफल गर्न नेकपाले भोलि (मगंलबार) १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

दलका प्रमुख सचेतक गुलाब जंग शाहले भोलिको संसदीय दलको बैठकमा छलफल गरेपछि प्रक्रिया अघि बढ्ने बताए ।

आफ्ना पूर्वघटक समूहसमेतका तीन जना गरी नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाही संसदीय दलका नेता हुन अब ‘लायक’ नभएको भन्दै आइतबार संसदीय दलको प्रमुख सचेतकको हैसियतमा शाहसमक्ष नै अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

त्यसलगत्तै मुख्यमन्त्री शाहीले गरेका काम कारवाही अमान्य हुने प्रमुख सचेतक शाहले बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने क्रममा पार्टीको जनमतसमेत गुम्नेगरी काम गरेको, त्यो सुधारका लागि पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बाध्य भएको नेताहरुले बताएका छन् ।