logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए १२६ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा सोमबार गण्डकीमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँका १८ जना, कास्कीका ५ जना, नवलपरासीका ५६ जना र बाग्लुङका ७ जना रहेका छन् ।

त्यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ६ जना, कास्कीका २४ जना, लमजुङका २ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् ।

यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।