लामो समयदेखि बन्द रहेका सुदुरपश्चिमका ३ जिल्लामा समिट एयरले भोलिबाट नियमित उडान सुरु गर्ने भएको छ ।
समिटले भोलिबाट बैतडीको पाटन विमानस्थलमा उडान गर्न लागेको हो । अब धनगढीबाट बैतडी १७ मिनेटमै पुगिने छ । बैतडीमा मंगलबार नियमित उडान हुने छ । यस्तै हप्तामा दुई दिन (मंगलबार र शुक्रबार) बझाङमा उडान गर्ने छ ।
धनगढी–बझाङ भाडादर प्रति यात्रु ५ हजार ४८ र बैतडीका लागि ३ हजार ८ सय दुई रुपैया तोकिएको छ । यस्तै समिटले दिपायल–धनगढी प्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो ।
जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढिका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ ।
प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढीसम्मको टिकट रु तीन हजार २०० तोकिएको छ । टिकटका लागि दिपायल पिपल्लामा रहेको होटल रिभर साइडमा पाइने व्यवस्था मिलाइएको बताइएको छ ।