logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका मुख्यमन्त्री शाहीले सचेतक शाहलाई जिम्मेवारीबाट हटाए


अंकुरण खबर
1.339K
Shares

कर्णाली प्रदेशका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

सोमबार संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्र लेखेर उनलाई जिम्मेवारी मुक्त गरेका हुन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट मुक्त गरेका हुन ।

सोमबार नै प्रमुख सचेतकबाट शाहलाई हटाएर सीता नेपालीलाई जिम्मेवारी दिइएको छ । सो जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले बताएका छन् ।

आइतबार नेकपाका बहुमत सांसदहरूले दलका नेता शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । लगत्तै प्रमुख सचेतक शाहले २७ असोजका लागि संसदीय दलको बैठक बोलाएका थिए ।