logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१.७४ अंकले बढ्यो शेयर बजार


अंकुरण खबर
871
Shares

सोमबार शेयर बजार १ दशमलव ७४ अंक बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ हो ।

आज १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । १८९ कम्पनीको यो रकम बराबरको ६८ लाख १५ हजा ७१० कित्ता शेयर कारोबार भएको हो ।

सोमबार विकास बैंकको शेयरमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ । कारोबारमा आएका १२ समूहमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ८८ प्रतिशत बढेको छ । आज बैंकिङ्को शून्य दशमलव १९ प्रतिशत, व्यापारिकको शून्य दशमलव २१ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत र लघुवित्तको शून्य दशमलव  १६ प्रतिशत परिसूचक बढेको छ ।

वित्त समूहको परिसूचकमा सोमबार सर्वाधिक गिरावट आएको छ । वित्त समूहको परिसूचक १ दशमलव ३५ प्रतिशतले घटेको हो । त्यस्तै जलविद्युत समूहको शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव १६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५ प्रतिशत, अन्यको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २५ प्रतिशत परिसूचक घटेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकको यो दिन रू. १६ करोड ५० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबारसँगै मुक्तिनाथ विकास बैंकको शेयरमूल्य पनि यो दिन सर्वाधिक ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

मुक्तिनाथको शेयरमूल्य प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको हो । सोमबार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले घटेर अन्तिम मूल्य रू. ८५४ मा झरेको हो ।