नेपाल राष्ट्र बैंकका १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ ।
झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका छन् ।