logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ४०४७ जना कोरोना संक्रमण पुष्टि, १४७३ जना डिस्चार्ज


अंकुरण खबर
819
Shares

नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४०४७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १४७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ७७ हजार २७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ६४५ जनाको मृत्यु भएको छ ।