कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।
मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा महिलामा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया रहेका छन् । पुरुषमा रुपन्देहीका ७४ वर्षीय, काठमाडौँका ६३ वर्षीय, ६७ वर्षीय र ५० वर्षीय, सुनसरीका ३७ वर्षीय, ८९ वर्षीय र ९० वर्षीय रहेका छन् ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।