logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १९ हजार ९८९ व्यक्ति होम आइसोलेसनमा


अंकुरण खबर
1.235K
Shares

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।

सोमबार ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमितमध्ये १९ हजार  ९ सय ५७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ४ सय ८९ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा  २ हजार ३ सय ८८, प्रदेश २ मा ४ सय ५६, लुम्बिनी प्रदेशमा  १ हजार ७ सय ८०, सुदूरपश्चिम प्रदेशमा ५ सय १४, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ४८८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।