logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 आकस्मिक बाहेक अपरेशन नगर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन


अंकुरण खबर
689
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

सोमबार स्वास्थ्य तथा जसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आकस्मिक बाहेकका बिरामीको अपरेशन नगर्न अस्पतालहरुलाई निर्देशन दिएका हुन् ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए  ।