logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगालमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र नेपाल नजिकिने क्रम जारी


अंकुरण खबर
715
Shares

भारत बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र पश्चिम-उत्तरतर्फ अगाडि बढिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम(मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र ९डिप्रेसन० छ । त्यो अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ ।

मौसमविद्का अनुसार यो भनेको पूर्वबाट नेपालतर्फ नजिकिनु हो । तर पनि अहिलेसम्मको अध्ययनले नेपालमा यसको असर खासै पर्ने नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

यसको हल्का जलवाष्प मात्र नेपालमा आइरहेको छ,’ मंगलबार बिहान भने, ‘यसले खासै असर पार्ने देखिएको छैन ।’ तर पनि यसले कुन दिशा लिन्छ र कस्तो असर पार्छ भन्ने सम्भावना भने बाँकी नै रहेकाले अध्ययन जारी राखिएको उनले बताए ।

मौसमविद् पौडेलका अनुसार निम्न चापीय क्षेत्र (डिप्रेस) भनेको चक्रवात (सामुद्रिक आँधी)  को रूप लिनुभन्दा दुई तहमुनिको अवस्था हो। यो प्रणाली शक्तिशाली बन्ने क्रम जारी रहेकाले यसले भारतकै मध्य क्षेत्रमा भने ठूलो वर्षा गराउने सम्भावना छ। तर सबै डिप्रेसन चक्रवातमा परिणत हुँदैनन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पहाडी क्षेत्रमा आंशिक बदली (आकाशमा थोरै बादल) भएको छ भने अन्य स्थानमा सामान्ततया मौसम सफा छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भूभागका एक -दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।