मकवानपुरमा एकैदिन १२५ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार कोरोना संक्रमित १२५ जना मध्ये ११७ जना हेटौंडा उपमहानगपालिकाभित्रका रहेका छन् ।
वाग्मती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने अन्य जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
चौलागाईंका अनुसार असोज २५ गते संकलन गरिएको २०६ जनाको स्वाब परीक्षण गर्दा १२५ जनामा कोरोना देखा परेको हो ।
कोरोना पुष्टि भएकामध्ये ४८ महिला र ७७ पुरुष रहेका छन् ।