logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश लेखा समितिका सभापति चौधरीलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
949
Shares

लुम्बिनी प्रदेशका लेखा समितिका सभापतिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सभापति डिल्लीबहादुर चौधरीलाई संक्रमण पुष्टि भएको हो ।

निमोनिया र सुगरको समस्या देखिएपछि उनी दुई दिन अघि भेरी अस्पताल भर्ना भएका थिए । आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

चौधरीका चालक र सुरक्षाकर्मीलाई पनि केही दिन अघि संक्रमण पुष्टि भएको थियो ।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसीलगायतलाई संक्रमण पुष्टि भइसकेको छ ।