डडेल्धुरा अस्पतालमा गरिएको स्वाब परीक्षणमा थप २५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
मगंलबार गरिएको कोभिड-१९ परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । ३६ जनाको नमूना परीक्षणमध्ये २५ नमुना पोजिटिभ र ११ जनामा नेगेटिभ आएको छ ।
पोजिटिभ देखिनेमा डडेल्धुराका १९ जना रहेका छन् भने बैतडीका ६ जना रहेका डडेल्धुरा अस्पतालका कोभिड १९ परीक्षण प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले जानकारी दिए ।