logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्यान मार्ने उद्योगमा फरार भएका व्यक्ति तीन वर्षपछि पक्राउ


अंकुरण खबर
650
Shares

तीन वर्षअघि काठमाडौंको कमलादीमा कुटपिट गरी फरार भएका व्यक्ति पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे घर भइ काठमाडौंको बौद्ध बस्ने काजी लामा भन्ने रोजकुमार लामालाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनलाई सोमबार बौद्धबाट पक्राउ गरेको हो।

२०७४ असार ९ गते बिहानको साढे १ बजे कमलादीस्थित टाइम्स क्लबको पार्किङमा चेङ्गा तामाङ भन्ने व्यक्तिमाथि कुटपिट गरेका थिए।

काजी लामासहित ५ जनाको समूहले तामाङमाथि इँट्टा, रड र हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उनले आफ्नो व्यक्तिगत रिसिइबीका कारण लामाले चेङ्गा तामाङमाथि कुटपिट गरेका थिए।

थप अनुसन्धानको लागि उनलाई महानगरीय प्रहरी वृत्त कमल पोखरीले पठाइएको छ।