नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३५५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १५०३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन् ।
यता कोरोना संक्रमणबाट अहिलेसम्म ६६३ जनाको मृत्यु भएको छ ।