logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा उपत्यकामा थपिए २१२९ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

काठमाडौंमा उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च छ ।