पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७८ हजार ७ सय ८० संक्रमित उपचारपछि निको भएका छन् ।